प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्नुस् प्रभु हेलिकप्टरमा कालिञ्चोक घुम्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्नुस् प्रभु हेलिकप्टरमा कालिञ्चोक घुम्नुस्



काठमाडौं । प्रभु मनि ट्रान्सफरले सदाझै दशै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘चाडपर्वको उमंग, रमाऔ प्रभु संग’ भनेर पर्वलाई उल्लासमय बनाउन नयाँ योजना ल्याएको छ ।

प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक व्यक्ति यस योजनामा सामेल गराउने भएको छ । यस योजनामा एक जोडी भाग्यशाली विजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउने छन् ।

अन्यले विभिन्न उपहारहरू टिसर्ट, क्याप र प्रभुटीभी सेटटप बक्स प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत नेपाल बाहिरबाट नेपालमा रकम पठाउने ग्राहकहरू प्रत्यक्ष लाभवित हुनेछन् । विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नको लागि प्रभु मनि ट्रान्सफर विश्वासिलो माध्यम बनेको छ ।

प्रकाशित : ३० भाद्र २०७६, सोमबार १३:१७