जनता क्यापिटलको साधारणसभाले के के निर्णय गर्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता क्यापिटलको साधारणसभाले के के निर्णय गर्यो ?



काठमाडौं । जनता बैंक नेपालको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारणसभा भदौ २६ गते सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष सुजित कुमार शाक्यज्यूको सभापतित्वमा सम्पन्न उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/७६ को वित्तीय विवरणहरु, आ.व. २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

जनता क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्थाहरु बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार ११:५९