ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता भएको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा सिप्रदी अर्थ मुभर्सका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि सिप्रदी अर्थ मुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि सवारी खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन । सिफारिस प्राप्त ग्राहकहरुले बैंकको सम्पूर्ण शाखामार्फत उक्त सवारी खरिदका लागि ऋण लिन सक्ने छन । सिप्रदी अर्थ मुभर्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा हिटाचि खरिद तथा विक्रि पछिको सेवा समेत प्रदान गर्दै आईरहेको छ । बैंकले १०२ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ४१ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २५ भदौ २०७६, बुधबार ०८:३९ 11 September, 2019 8:39 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।