ग्लोबल आईएमई लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आईएमई लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडाै । ग्लोबल आईएमई लघुवित्तको हकप्रद भर्ने आज भदौ २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशतको दरले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पुंजी २२ करोड ८ लाख पुग्ने छ ।

प्रकाशित : २३ भाद्र २०७६, सोमबार ०८:१९