मेगा क्यापिटल मार्केट्सले असोज १० गते साधारणसभा गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा क्यापिटल मार्केट्सले असोज १० गते साधारणसभा गर्ने



काठमाडौं । मेगा क्यापिटल मार्केट्सको दोस्रो साधारणसभा असोज १० गते गर्ने भएको छ । सभा दिउसो १ बजे होटल साकेत कम्प्लेक्स त्रिपुरेश्वरमा हुने भएको हो ।

कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा आव २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब गरी बाँडफाँट गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयहरु छलफलमा रहेका छन् ।

साथै, कम्पनीको नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार १७:०७