पुँजीगत लाभकरको सफ्टवेयर परीक्षणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पुँजीगत लाभकरको सफ्टवेयर परीक्षणमा



काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनाका लागि नयाँ सफ्टवेयर तयार पारेको छ । मेरो सेयर सफ्टवेयरमै नयाँ फिचर थप गरिएको हो ।

यसलाई सीडीएसले सोमबार साँझबाटै परीक्षणमा समेत ल्याएको हो । सबै लगानीकर्तालाई यो परीक्षणमा सहभागी हुन समेत सीडीएसले आग्रह गरेको हो । केही समस्या वा गुनासा भए सीडीएस उपलब्ध गराएको ठेगानामा पठाउन समेत भनिएको छ । सीडीएसले लाभकर गणना प्रणालीसँगै मेरो सेयर सफ्टवेयरका अन्य फिचरहरुमा समेत अपग्रेड गरिएको जनाएको छ । 

लाभकर गणनाका लागि तयार पारिएको यो प्रणाली औपचारिक रुपमा प्रयोगमा आएपछि ल्याप्चे युगको समाप्ति हुनेछ । यसअघि सरकारले गत साउन १ गतेदेखि भारित औसतबाट पुँजीगत लाभकर लिन थालेपछि गणना विधिमा समस्या आएको थियो । लगानीकर्ताले भारित औसत लागत विधिबाट लाभकर आफैंले गणना गरेर ब्रोकरलाई बुझाउनुपर्ने तथा सहीछाप गरेर ल्याप्चे लगाउनुपर्ने झन्झटिलो व्यवस्था गरिएको थियो ।

सोही झन्झटिलो व्यवस्थाका कारण लगानीकर्ता हतोत्साही भएका थिए । फलस्वरुपः पुँजी बजार लगातार घट्दो क्रममा लागिरहेको छ । सीडीएसले नयाँ प्रणाली प्रयोगमा ल्याएसँगै लगानीकर्तालाई निकै ठूलो राहत मिल्ने भएको छ । यसबाट लगानीकर्ताको आत्मबल सुधार्न समेत सहयोग पुग्ने देखिन्छ । लगानीकर्ताले अब ब्रोकर कार्यालयसम्म धाएर ल्याप्चे समेत लगाउनुपर्ने छैन । 

प्रकाशित : १७ भाद्र २०७६, मंगलवार १६:३६