ग्लोबल आइएमई बैंकको विशेष छुट योजना सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंकको विशेष छुट योजना सार्वजनिक



काठमाडौं । ग्लोबल आइएमई बैंकले हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ । नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ र भाइबर बैंकिङ सेवा निशुल्क रुपमा उपलब्ध हुनेछ ।

साथै इन्टरनेट बैंकिङ, एबीबीएस, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा समेत शतप्रतिशत छुट दिएको छ । एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारि गर्दा लाग्ने शुल्क तथा लकर सुविधामा लाग्ने शुल्क समेत शतप्रतिशत छुटको व्यवस्था रहेको छ ।

त्यस्तै बैंकले ल्याएको उक्त योजना अन्तरगत नारी बचत खाताभएका ग्राहकहरुले बैंकबाट कर्जा लिदा लाग्ने कर्जा प्रवाह शुल्कमा ० दशमलब २५ प्रतिशत छुट दिने भएको छ । बैंकले १४२ शाखा, ३० एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८४ शाखा रहित बैंकिङ सेवा, १४८ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १७ भाद्र २०७६, मंगलवार ०८:४०