एटीएम बुथ कत्तिको सुरक्षित ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एटीएम बुथ कत्तिको सुरक्षित ?



काठमाडौं । नक्कली भिसा कार्ड प्रयोग गरी चिनियाँ ह्याकरले साढे ३ करोड रुपैयाँ लुटेका छन्। नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ।

भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेइमेन्ट सिस्टम ९नेप्स०का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताएका छन्। यो रकम निक्षेपकर्ताको खाताबाट काटिएको भने छैन। कहाँबाट आयो भन्ने यकिन नभएको क्षेत्रीको भनाइ छ।

‘नक्कली कार्ड बनाएर पैसा झिकेको देखिन्छ’, उनले भने, ‘यसमा एउटा विशिष्ट प्रविधि प्रयोग गरेको भेटियो। तर, यो कारोबार नेप्सको प्रणालीसम्म नआइपुग्दै नक्कली अप्रुभल गराएको देखिन्छ।’ नक्कली कार्ड प्रयोगबाट विभिन्न बैंकका डाटा ह्याक गरेर रकम निकालेको देखिएको प्रहरीले पनि बताएको छ।

नबिल, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट, सानिमा, कुमारी, सेन्चुरीलगायत बैंकको एटीएम बुथमा नक्कली कार्ड घोटेर ह्याकरले पैसा झिकेका हुन्।

प्रभुको कार्डबाट मात्रै १ करोड ३० लाख रुपैयाँ निकालेको पाइएको नेप्सले जनाएको छ। बाँकी पैसा झिक्न एनआईसी एसिया, ग्लोबल आईएमई, माछापुच्छ्रे बैंकको नक्कली कार्ड प्रयोग गरेको देखिएको छ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रकाशित : 2 September, 2019 11:01 am