मुक्तिनाथ विकास बैंकको हकप्रद बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको हकप्रद बिक्री खुला

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको हकप्रद बिक्री खुला भएको छ । कम्पनीको हकप्रदमा बिहीबारदेखि आवेदन दिन सकिन्छ । बैंकले ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । 

कम्पनीले साउन ३० गतेसम्मका कायम शेयरधनीका लागि १० कित्ता साधारण शेयर बराबर नयाँ २ कित्ता साधारण शेयर (१० बराबर २) को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा असोज १५ गतेसम्म आवेदन दिन सकिन्छ । बैंकको हकप्रद शेयर खरीदको लागि भिबोर क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकको केन्द्रय तथा सम्पूर्ण शाखा कार्यालय साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ । 

प्रकाशित : १२ भदौ २०७६, बिहिबार १४:०७ 29 August, 2019 2:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।