१३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी



काठमाडाै । नेपाल राष्ट्र बैंकले दशैँका लागि १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले यसपाली नयाँ र सुकिला दुवै नोट सटही गर्नेछ ।

१८ हजार पाँच सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट र सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने राष्ट्र बैंकको योजना छ ।

हरेक वर्षजस्तै, फुलपातीको दुई साताअघिदेखि राष्ट्र बैंकले नोट सटही सुरु गर्नेछ ।

प्रकाशित : ११ भाद्र २०७६, बुधबार १०:०३