सुनकाे मूल्य हाल सम्मकै उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सुनकाे मूल्य हाल सम्मकै उच्च



काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

आज एकै दिन तोलामा १२ सय रुपैयाँले बढेर तोलाको ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

शुक्रबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ५० पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : ८ भाद्र २०७६, आईतवार १३:५७