३ अर्बको डिबेञ्चर जारी गर्दै सनराईज बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

३ अर्बको डिबेञ्चर जारी गर्दै सनराईज बैंक



काठमाडौं । सनराइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता भएको छ । सनराईज बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर बिक्री गर्नका लागि दुई संस्थाबीच सम्झौता भएको हो । बैंकले ‘सनराइज डिबेञ्चर २०८३’ को डिबेञ्चर जारी गर्न लागेको हो ।

अर्धवार्षिक रmपमा भुक्तानी हुने गरी १० दशमलब २५ प्रतिशत वार्षिक व्याजदर रहेको ३ अर्ब रुपैयाँ रकम बराबरको उक्त डिबेञ्चरको समयअवधि ७ वर्षको रहनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्घार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

प्रकाशित : ५ भाद्र २०७६, बिहीबार १६:४०