उमेर हद तोक्ने आफ्नो निर्णयको बचाउ गर्दै गभर्नरले भने – ‘क्षमता छ भन्दैमा मनलाग्दी चलाउन दिन सकिँदैन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उमेर हद तोक्ने आफ्नो निर्णयको बचाउ गर्दै गभर्नरले भने – ‘क्षमता छ भन्दैमा मनलाग्दी चलाउन दिन सकिँदैन’



काठमाडाै । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले साउन २० गते ल्याएको परिपत्रमार्फत् सञ्चालक र सिइओको उमेर हद तोक्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।


बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको सुरक्षाका लागि बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकिएको बताएका छन्।

बैंक तथा वित्तीय संस्था विश्वासमा आधारित व्यवसाय भएकाले निक्षेपकर्ताको विश्वास कायम राख्न यो निर्णय गरिएको गमर्नर नेपालले स्पष्ट पारेका हुन्।

संसद्‌को अर्थ समिति बैठकमा गभर्नर नेपालले ‘निक्षेपकर्ताको निक्षेपको सुरक्षाका लागि योग्यता तोकिएको बताए ।

उनले क्षमता छ भन्दैमा कोही व्यक्ति बैंकमा आजीवन बसिरहन नसक्ने पनि बताए। उनले भने, ‘क्षमता छ भन्दैमा मनलाग्दी चलाउन दिन सकिँदैन।’

राष्ट्र बैंकले ल्याएको परिपत्रमा पहिलोपटक बैंकका सिइओ र सञ्चालकको उमेर हद तोकिएको थियो। यसको सर्वत्र विरोध भै रहेको छ ।

प्रकाशित : २९ श्रावण २०७६, बुधबार १४:१२