मुक्तिनाथ विकास बैंकसँग दुई आस्पतालको सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकसँग दुई आस्पतालको सम्झौता



काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित सञ्जिवनी हस्पिटल तथा आईभीएफ सेन्टर प्रालिसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौता पत्रमा सञ्जिवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् । 


त्यस्तै विकास बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसंँग पनि बैंकका ग्राहकलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौता पत्रमा विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् । 

प्रकाशित : २८ श्रावण २०७६, मंगलवार ०९:४६