केएल टावरमा ‘बिग सेल कार्भिनल‘ सुरु, ५० प्रतिशतसम्म छुटको व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

केएल टावरमा ‘बिग सेल कार्भिनल‘ सुरु, ५० प्रतिशतसम्म छुटको व्यवस्था



राजधानीको चाबहिलचुच्चेपाटीमा स्थित के.एल टावरमा ‘बिग सेल कार्भिनल ’ मेला सुरु भएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् ।


यहि साउन २४ गतेदेखि भाद्र २१ गतेसम्म करिब एक महिना संचालन हुने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जनाएको छ । मेलामा केएल टावरमा संचालनमा रहेका पाँच दर्जन बढी पसलहरुको सहभागिता रहनेछ ।


मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौनालगायत तीन हजार भन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएका छन् ।
शुक्रबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ ।

मेला अवधिभर १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपनमार्फत ग्राहकले हरेक दिन विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् । ती उपहारमा १ हजार रुपैयाँबराबरको फ्रि सपिङ भौचर, मुभि टिकट लगायत छन् ।


खरिदकर्ताले हरेक साता ५ हजार रुपैयाँ बराबरको सपिङं भौचर, फ्रि लन्च कुपन र बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनाले ४० हजार रुपैयाँ बराबरको स्मार्ट फोन जित्नेछन् ।


चाबहिलस्थित केएल टावरमा ४० वटा भन्दा बढी पसल, भीआईपी लाउञ्ज, कफि बार, तीनवटा सिनेमा हल, पार्टी प्यालेस, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हब लगायत रहेका छन् । मेला अवधिभर केएल टावरमा आउने ग्राहकको लागि मनोरञ्जनात्मकम कार्यक्रम पनि राखिएको छ ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार १६:०४