लाइफ इन्स्यारेन्स कर्पोरेसनले ७० प्रतिशत लाभांश पारित गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लाइफ इन्स्यारेन्स कर्पोरेसनले ७० प्रतिशत लाभांश पारित गर्यो



काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेसन (नेपाल) को १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा कम्पनीले ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस शेयर वितरणपश्चात कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्र्रस्तावलाई समेत पारित गरेको छ ।


कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ९ गतेदेखि बुक क्लोज गरेकोले सो लाभांश साउन ८ गतेसम्म कायम सदस्यले मात्र पाउने भएका छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार रहेको छ । प्रस्तावित ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ९९ लाख ५९ हजार पुग्नेछ ।

कम्पनीका अध्यक्ष एम.आर. कुमारले सवै शेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले एलआईसी नेपालको १८औं (आ.ब. २०७५÷७६) वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने वताउ“दै आ.ब. २०७५÷०७६ मा पनि कम्पनीले प्रथम बीमाशुल्क आर्जनमा ४६.३६∞ को बृद्धिदरकासाथ कूल वीमाशुल्क आर्जन रु. १,३४१.१७ करोड जम्मा गर्न सफल भएको समेत जानकारी गराउनु भयो ।

जीवन बीमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै कुमारले यस बीमकलाई सदैव एक उदाहरणीय जीवन बीमा कम्पनी कायम राखिरहने प्रतिबद्धता जनाउनु भयो । सभामा संचालक समितिका अन्य संचालकहरु अशोक अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र एलपी दास उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार १५:२२