सान्जेनले र रसुवागढीको सेयर रजिष्ट्रार कुन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सान्जेनले र रसुवागढीको सेयर रजिष्ट्रार कुन ?



काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले सनराइज क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । अबदेखि सान्जेन जलविद्युतको सेयरको सम्पूर्ण अभिलेख राख्ने, दाखिला खारेज गर्ने लगायत सम्पूर्ण कामहरु सनराइज क्यापिटलले गर्नेछ ।

यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीले भने सिद्धार्थ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । अबदेखि रसुवागढी जलविद्युतको सेयर सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज लगायतका काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

दुवै कम्पनीले गत वैशाख ६ देखि वैशाख १० गते सम्म आइपीओ बिक्री गरेका थिए । सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ जारी गरेको थियो ।

यस्तै, रसुवागढीले हाइड्रोपावर पनि कुल १ करोड २ लाख १५० कित्ता आइपीओ बेचेको थियो । दुवैको कम्पनीका सेयर नेप्सेमा सूचीकरण भई कारोबार समेत सुरु भइसकेको छ ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार १५:०९