काठमाडौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले कुपण्डोलमा ११७औँैँे शाखा संचालनम ाल्याएको छ ।
बिहिबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रmपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गर्नुभएको थियो। उतm कार्यक्रममा संचालक समितिका सदस्यहरु शारदा शर्मा पुडासैनी, ओम कृष्ण जोशी तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालका साथै बैंकका अन्यपदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराइजबैंकले ११७ वटाशाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थपशाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।





Comment