यी कम्पनीले ल्याउदैछन आईपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यी कम्पनीले ल्याउदैछन आईपिओ



३ वटा जलविद्युत कम्पनीले आईपिओ निष्काशनको लागि पुर्व स्वीकृत माग गरेका छन । ३ कम्पनीले आईपिओ निष्काशनको लागि पुर्व स्वीकृति माग गर्दै विद्युत नियमन आयोगमा आवेदन दिएका हुन् ।

मैलुंङ खोला जलविद्युत कम्पनी, शिव श्री हाइड्रोपावर, र हिमालयन हाइड्रोपावरले शेयर निष्काशनको लागि आयोगसँग पुर्व स्वीकृत माग गरेका हुन् । जस अनुसार मैलुंङखोलाले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँको, शिवश्री हाइड्रोले ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको र हिमालयनले २२ करोड ५० लाख रुपैयाँ बराबरकोआईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो ।

अब आयोगबाट स्वीकृति पाएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्छ । त्यसपछि मात्र कम्पनीले स्थानीय र सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न पाउने छ ।

प्रकाशित : २२ श्रावण २०७६, बुधबार २२:०१