सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ ।
हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरका थिए ।
हालसम्म सन््राइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Comment