जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई तहलगाउने लालबाबुको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई तहलगाउने लालबाबुको चेतावनी



काठमाडाै । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिनुभएको छ ।

मन्त्री पण्डितले कार्य क्षमताको अभाव भएका कर्मचारीलाई बिदा गर्ने पनि स्पष्ट पार्नुभयो । शुक्रबार मन्त्रालयद्वारा आयोजित वार्षिक कार्य प्रगति समीक्षात्मक बैठकमा बोल्दै उहाँले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कुनै पनि किसिमको छुट दिन नसकिने सचेत गराउनु भयो ।

मन्त्री पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गरेको स्मरण गराउँदै त्यसलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराउनु भयो । तोकिएको काम पूरा नभए सम्बन्धित कर्मचारीमाथि कडा कारबाही हुने मन्त्री पण्डितको भनाइ छ ।

मन्त्री पण्डितले समायोजनामा गएका कर्मचारीहरुको तह र श्रेणीको तलबमा देखिएको समस्या एक हप्ताभित्र समाधान गर्ने आश्वासन दिनुभयो । उहाँले कर्मचारीहरुको सुविधामा कुनै समस्या नहुने तर तोकिएको जिम्मेवारी पूरा नगरे कडा कारबाही हुने स्पष्ट पार्नुभयो ।

मन्त्री पण्डितले गएको वर्ष आफ्नो मन्त्रालयले व्यवस्थाकीय काममा उल्लेख्य प्रगति गरेको दावी गर्दै चालु आर्थिक वर्षमा विकास, निर्माणको कामलाई तीव्रता दिने पनि बताउनु भयो ।

प्रकाशित : १७ श्रावण २०७६, शुक्रबार १८:५२