ग्लोबल आईएमई बैंकको विशेष साधारणसभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आईएमई बैंकको विशेष साधारणसभा आज



काठमाडाै । ग्लोबल आईएमई बैंकको विशेष साधारणसभा आज साउन १४ गते मंगलबार हुदै छ । बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बैंकको साधारणसभा डाकिएको हो ।

हाथवे फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गर्न बैंकले विशेष साधारणसभा बोलाएको हो । साधारण सभामा फाइनान्स गाभ्नको बैंकलाई स्वीकृति दिने, डिडिए प्रतिवेदनको आधारमा स्वाप रेसियो स्वीकृत गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ ।


हाथवे फाइनान्सले पनि एक्विजीसन सम्बन्धि प्रस्ताव पारित गर्न आज नै बिशेष साधारणसभा डाकेको छ ।

प्रकाशित : १४ श्रावण २०७६, मंगलवार ०८:४२