ग्लाेबल अाईएमई बैंकले ३ दिनमा नै घर कर्जा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लाेबल अाईएमई बैंकले ३ दिनमा नै घर कर्जा दिने



काठमाडौँ । ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशतब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्रकर्जा प्रवाहगरिने बैंकले जनाएको छ ।

सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने,खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरी  यो योजना बैंकले ल्याएको हो ।

यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउने छन् । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रकाशित : १३ श्रावण २०७६, सोमबार १८:३१