सिटिजन लाइफ इन्साेरेन्सको प्रथम बिमाशुल्क १ अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन लाइफ इन्साेरेन्सको प्रथम बिमाशुल्क १ अर्ब नाघ्यो



सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५\०७६ मा प्रथम बिमाशुल्क १०० करोडभन्दा बढी संकलन गरेकाे छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सञ्चालक समितिका तर्फबाट सञ्चालक दीपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोस्राे वर्षमै सय करो बढी प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएकोमा व्यवस्थापन समूह, कम्पनीको बजार व्यवस्थापनलगायत विभिन्न विभागमा कार्यरत सम्पूर्ण कर्मचारी एवं कम्पनीका अभिकर्तालाई धन्यवाद ज्ञापन गरे ।

उनले कम्पनी सञ्चालन गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गर्ने र कम्पनी सञ्चालन व्यावसायिक विज्ञद्वारा हुने बताए ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको व्यावसायिक विकास एवं समुन्नतिसँगै कर्मचारीको वृत्ति विकास हुँदै जानुका साथै यस वर्षको उपलब्धिले थप ऊर्जा प्रदान गरेको र आगामी वर्ष योभन्दा अझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए ।

कम्पनीले सय करोडभन्दा बढी प्रथम बिमाशुल्क आर्जन गर्न सहयोग पुर्‍याउने नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक सेयरधनी, सम्पूर्ण कर्मचारी, अभिकर्ता तथा कम्पनीद्वारा प्रचलनमा ल्याइएका बिमालेखप्रति विश्वास गरी सो खरिद गर्ने सम्पूर्ण बिमित एवम् यस उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेकाे छ ।

यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले ७५ करोड रूपैयाँको सेयर सर्वसाधारणलाई जारी गर्ने बताए । कम्पनीले नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : ३ श्रावण २०७६, शुक्रबार १५:०८