घोडीघोडा लघुवित्तकाे आईपीओ बाँडफाँड ( अर्थबजारमा हेर्नुस नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

घोडीघोडा लघुवित्तकाे आईपीओ बाँडफाँड ( अर्थबजारमा हेर्नुस नतिजा



काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । उक्त संस्थाको आईपीओमा १२ हजार ४५९ आवेदकले १० कित्ताका दरले पाएका छन् । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा कुल २ लाख ८६ हजार ५६५ वटा आवेदन परेकोमा ४९० जनाको आवेदन रद्द भएको थियो ।

गोला प्रथाका लागि सदर भएका कुल २ लाख ८५ हजार ५६५ मध्ये १२ हजार ४५९ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका हुन् । उक्त संस्थाको आईपीओमा आवेदन गर्ने २ लाख ७३ हजार ५९६ आवेदकको हात खाली भएको छ ।

प्रकाशित : 12 July, 2019 3:02 pm