मोवाइल टावरबाट जनस्वास्थमा प्रतिकुल असर नपर्ने बारे प्राधिकरणबाट जारी गरिएको सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मोवाइल टावरबाट जनस्वास्थमा प्रतिकुल असर नपर्ने बारे प्राधिकरणबाट जारी गरिएको सूचना



NTAमोवाइल टावरबाट हुन सक्ने रेडियो विकिरणको असर सम्बन्धमा कतिपय गलत र तथ्यहिन समाचारहरु प्रकाशन÷प्रशारण भएको प्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ । मोवाइल टावरबाट उत्सर्जन हुने रेडियो विकिरण -Electromagnetic Radiation_को अधिकतम लेवल तथा यस सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (WHO) ले समेत अंगिकार गरेको प्रचलित ICNIRP (International Commission on Non-Ionizing Radiation Protection) को मापदण्ड वमोजिम गर्ने गराउने गरी प्राधिकरणले नियमनको ब्यवस्था मिलाएको छ । सर्वसाधारणको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न दूरसञ्चार एण्टेनाको संरचना अर्थात टावर  निर्माण  तथा संचालन सम्बन्धी ब्यवस्थालाई ब्यवस्थित तथा प्रभावकारी वनाउन नेपाल दूरसंचार प्राधिकरण कटिवद्ध छ । प्राधिकरणले यस सम्बन्धमा कानून वमोजिम आवश्यक मापदण्ड वनाई समय समयमा निरिक्षण गरी नियमन गर्ने गरेको छ । तसर्थ प्राधिकरणवाट तोकिएको मापदण्ड वमोजिम मोवाइल सेवा संचालन  गर्दा टावरबाट उत्सर्जित रेडियो विकिरणबाट जनस्वास्थमा प्रतिकुल असर नपर्ने भएकोले सुरक्षित महशुस गरी निर्वाध रुपमा मोवाइल सेवा सञ्चालनमा सहयोग पु¥याउन प्राधिकरण हार्दिक अुनरोध गर्दछ ।

 

नेपाल दुरसञ्चार प्राधिकरण

   कमलादी काठमाडौ नेपाल

जि.पि.ओ. बक्स: ९७५४
फोन: +९७७-१-४२५५४७४/४२५६०५४/४२५५६४९/४२५४६८१

/४२५६१८२/४२५६१४३/४२५४७१७/४२५६३७१
फ्याक्स: +९७७-१-४२५५२५०

इमेल:
[email protected]
[email protected]

वेवसाइट:
www.nta.gov.np

प्रकाशित : १२ फाल्गुन २०७२, बुधबार १२:३३