काठमाडाै । हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारणको लागि असार २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।
बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
Comment