सनराइज बैंकको शाखा कावासोतीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको शाखा कावासोतीमा



नवलपुर । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा नवलपुर स्थित कावासोतीमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुतm रmपमा उद्घाटन गर्नुभयो । सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।


यो समेत गरी बैंकको शाखा संख्या ११२ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको छ ।

प्रकाशित : १८ असार २०७६, बुधबार २०:१७