सनराइज बैंक लिमिटेडको शाखाविस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक लिमिटेडको शाखाविस्तार



काठमाडौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधाउपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा गोदावरी स्थित अत्तरियामा ११०औँ शाखा संचालनमा ल्याएको छ । आइतबार, आषाढ १५गते आयोजित औपचारिक कार्यक्रमा गोदावरी ेनगरपालिकाको मेयर श्री हरि सिंह सावदर नेपाल राष्ट्र बैंक, मुद्राव् यवस्थापन विभागक ाकार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले संयुक्त रmपमा उद्घाटन गरे


सोहीदिन बैंकले आफ्नो पनौती शाखापनि स्थानान्तरण गरेको छ । उक्तशाखाको उद्घाटन पनौतीका मेयर श्री भिम न्यौपानेले गनुभयो। उक्तकार्यक्रममा संचालक समितिका सदस्य ओम कृष्ण जोशी र ई. बच्छराज् ातातेड उपस्थीत थिए ।


बैंकले गतशनिवार आषाढ १४ गते डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औ शाखा रहित बैंकिङ्गको उद्घाटन गरेको छ । सो शाखा रहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्षश्री चक्र बहादुर देउवाले उद्घाटन गरे ।


हालसम्म बैंकको शाखा संख्या ११० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३६वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । ¬साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थपशाखाहरm संचालन गर्दै जाने योजना रहेको छ।

प्रकाशित : १६ असार २०७६, सोमबार १२:४५