२८ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२८ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी



काठमाडाैँ । सरकारले सबै स्थानीय तहमा कम्तीमा पनि एक वाणिज्य बैंक पुर्याउने नीति लिएसँगै बैंकिङ पहुँच विस्तार पनि तीव्र गतिमा भएको छ । गत वैशाखा मसान्तसम्मको तथ्यांकलाई हेर्दा अब २८ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुग्न बाँकी रहेका छन् ।

७५३ मध्ये वैशाख मसान्तसम्मा ७२५ वटा स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलिसकेका छन् भने बाँकीमा पनि खोल्ने क्रममा रहेका छन् । प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् । प्रदेश १ को ३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् भने प्रदेश २, ३ र गण्डकीको २।२, कर्णाली प्रदेशको १२ र सुदुर पश्चिम प्रदेशको ७ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको छ ।

प्रकाशित : ६ असार २०७६, शुक्रबार ०८:३४