भूकम्पको स्मृतिमा बैशाख १२ गते सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

भूकम्पको स्मृतिमा बैशाख १२ गते सार्वजनिक विदा



काठमाडौँ । आगामी बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाले २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ ।

भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : २७ चैत्र २०७५, बुधबार १३:४८