सरकारी चिकित्सकहरु पुनः आन्दोलित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सरकारी चिकित्सकहरु पुनः आन्दोलित



काठमाडाै । सरकारी चिकित्सकहरु पुनः आन्दोलित भएका छन्। सरकारी चिकित्सक सँघ नेपालको आह्वानमा गत चार महिना भित्रमा चिकित्सकहरुले तेस्रो पटकको आन्दोलनमा उत्रेका हुन्। उनीहरुले आन्दोलनको पहिलो चरणमै आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन्।

उनीहरुको भनाई अनुसार सरकारले सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै पटक पटक आन्दोलनमा उत्रन वध्य भएका छौँ।

नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने उनीहरुको माग छ। माग पुरा नगरे सामुहिक राजीनामा दिने चेतावनीसमेत उनीहरुले दिएका छन्।

आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा बिरामीहरु मार्कामा परेका छन्। कर्मचारी समायोजन विधेयकविरुद्ध विगत तीन दिनदेखि आन्दोलनरत चिकित्सकहरुका कारण उपचार गराउन अस्पताल पुगेका बिरामीहरु उपचार नगरी फर्कन बाध्य भएका छन्।

प्रकाशित : २४ चैत्र २०७५, आईतवार १७:२१