हिमालय ऊर्जा विकास कम्पनीको आइपीओ चैत २० गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमालय ऊर्जा विकास कम्पनीको आइपीओ चैत २० गतेदेखि



काठमाडौं / हिमालय ऊर्जा विकास कम्पनीको चैत २० गतेदेखि आइपीओ खुल्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १४ लाख ८५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमध्ये ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता सेयर कर्मचारीलाई र ५प्रतिशत अर्थात ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी रहेको सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ५० कित्तादेखि ६ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ । सेयर भर्ने म्याद चैत २५ गतेसम्म हुनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म भर्न पाइनेछ । यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक–वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

प्रकाशित : १७ चैत्र २०७५, आईतवार ११:०५