सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन्स क्लब अफ काठमाडौं डाँफेका तर्फबाट आचार्यको उम्मेद्ववारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन्स क्लब अफ काठमाडौं डाँफेका तर्फबाट आचार्यको उम्मेद्ववारी



काठमाडाैं /  लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान अन्तर्गत लायन बर्ष २०१९–२० का लागि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन्स क्लब अफ काठमाडौं डाँफेका तर्फबाट लायन महेश आचार्य एमजेएफले उम्मेद्ववारी दर्ता गरेका छन् ।अग्रज लायन्सहरुको उपस्थिति तथा विभिन्न क्लबका पदाधिकारीहरुको उत्साहजनक सहभागिताबीच लायन आचार्यले उम्मेद्ववारी दर्ता गराएका हुन् ।

लायन्स क्लब अफ काठमाडौं डाँफेको स्थापना कालदेखि नै नियमित रुपमा कार्यसमिति सदस्यको रुपमा कार्यरत क्लबका संस्थापक अध्यक्ष आचार्य लायन वर्ष २०१८–१९ का एम्बेसडर अफ गभर्नर समेत हुन् ।आचार्यलाई लायन्स क्लब अफ काठमाडौं डाँफेले सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदको उम्मेदवारको रुपमा प्रस्तुत गरेको हो ।

आचार्यले डिस्ट्रिकको नीति नियम अनुसार योग्यता पुगेका व्यक्तिले उम्मेदवारी दिन सक्ने नियम अनुसार नै आफुले उम्मेदवारी दिएको बताए । उनले हिजोको दिनमा गरेका सेवाका कामलाई निरन्तरता दिदै समाजमा अनुभूत हुनसक्ने गरी र लायन्सबाट पनि समाजले केही सिक्नुपर्छ भन्ने लक्ष्यका साथ आफू अगाडि बढेको बताए ।आफूलाई सबै क्लबको साथ सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको आचार्यले बताए ।

समाजसेवासँगै मानवअधिकारको क्षेत्रमा पनि उत्तिकै क्रियाशील आचार्य अत्यन्त सहयोगी, मृदुभाषी व्यक्तित्वको रुपमा परिचित छन् ।

प्रकाशित : १२ चैत्र २०७५, मंगलवार १२:३१