काठमाडौं । भाषाशास्त्री एवम् साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन आज (मंगलबार) सार्वजनिक बिदा दिइएको छ ।
बिराटनगर महानगरपालिकाले नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा पोखरेलेको निधनमा शोकमा मनाउन मंगलबार महानगरभित्र सार्वजनिक बिदा दिने मेयर भीम पराजुलीले जानकारी बताउनुभयो ।
पोखरेलको आइतबार बिहान साढे एकबजे ८६ वर्षको उमेरमा विराटनगरस्थित आफ्नै निवास निधन भएको थियो ।
लामो समयदेखि काठमाडौंस्थित नर्भिक अस्पताल र पछिल्लोसमय विराटनगरकै एक अस्पतालमा उपचार गराइ रहनुभएको थियोे । उच्चरक्तचापका बिरामी प्राज्ञ पोखरेलका एक छोरा मुनाल र दुई छोरी त्रिपुरा खरेल र मुना घिमिरे रहेका छन्। बिराटनगरको परोपकार घाटमा आइतबार राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ ।
Comment