नागरिकता छानवीनका लागि आयोग गठन गर्ने प्रस्तावको विरोधमा काँग्रेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नागरिकता छानवीनका लागि आयोग गठन गर्ने प्रस्तावको विरोधमा काँग्रेश



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ऐनमै नागरिकता छानवीनका लागि आयोग गठन गर्ने प्रस्तावको विरोध गरेको छ ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसले आयोगबारे आपत्ति जनाएको हो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा आयोग गठनको व्यवस्था राखिएको छ । काँग्रेसका सांसद भरतकुमार साहले नागरिकतासम्बन्धि विषयमा छानवीन गर्न आयोग गठन गर्ने अधिकार सरकारलाई रहेको उल्लेख गर्दै त्यसलाई कानूनमै उल्लेख गर्न आवश्यक नरहेको तर्क गर्नु भयो ।

समितिका अर्का सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि विधेयकमा आपत्ति जनाउनुभएको थियो । विधेयक समितिमा छलफलका लागि पेश भएको हो । समितिले विधेयक पारित गरेपछि संसदमा पठाउने प्रावधान छ ।

प्रकाशित : १३ माघ २०७५, आईतवार १९:२२