कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा विरोध प्रदर्श गर्ने निर्णय गरेको हो ।

आफ्नो विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले खबरदारी गर्ने निर्णय गरेको हो ।

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित : १३ माघ २०७५, आईतवार १९:०१