जिल्ला अदालत काठमाडौंमा कार्यरत एक कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जिल्ला अदालत काठमाडौंमा कार्यरत एक कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा



काठमाडौं । जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा(खरिदार) विदुर पोखरेल घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट विभिन्न बाहनामा घुस लिइसकेको अवस्थामा उनी सोह्रखुट्तेबाट आइतबार पक्राउ परेका हुन् ।

उनलाई विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले दश हजार घुससहित नियन्त्रणमा लिएको हो ।

प्रकाशित : १६ पुष २०७५, सोमबार १४:२४