काठमाडौं । गण्डकी प्रदेश सरकारले तमु ल्होसारमा सार्वजनिक बिदा घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुस १५ गते आइतबार ल्होसारका दिन बिदा दिने निर्णय गरेको हो ।
राष्ट्रिय बिदा बाहेक प्रदेश सरकारलाई त्यस्ता विशेष अवसरमा वर्षको ६ दिन दिन पाउने व्यवस्था अनुरुप गण्डकी प्रदेशले सो बिदा दिन लागेको हो ।तमुहरुको उद्गम थलोका रुपमा गण्डकी प्रदेशलाई लिने गरिन्छ ।
Comment