किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयर भर्ने आइतबार (पुस ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २ गतेदेखि २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गरिरहेको छ । कात्तिक १२ गतेसम्म कायम सेयरधनीले यो हकप्रद दाबी गर्न सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल सुन्धारा काठमाडौं तथा किसानको केन्द्रीय कार्यालय बलिया कैलाली र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट र बुटवल शाखा पनि भर्न सकिनेछ । सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
Comment