गभर्नरको निर्देशनमा धमाधम ब्याज घटाउदै वाणिज्य बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गभर्नरको निर्देशनमा धमाधम ब्याज घटाउदै वाणिज्य बैंक



काठमाडाै ।   नेपाल राष्ट्र बैंकले बैंकहरुलाई व्याज घटाउन निर्देशन दिएको छ । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढेपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले राष्ट्र बेंकमै बोलाएर व्याज घटाउन निर्देशन दिएका हुन् ।

ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा देखिएपछि अर्थमन्त्रालयले राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिले अर्थमन्त्रालयलाई प्रतिवेदन पनि बुझाइसकेको छ ।

राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज दिन भनेको छ । शुक्रबारबाटै बेंकहरुले ब्याज घटाउने छन् ।

प्रकाशित : ५ पुष २०७५, बिहीबार २०:२३