सहकारी बैंकको प्रवन्ध सञ्चालकबाट उप्रेती बाहिरिए, गुरागाई भित्रिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारी बैंकको प्रवन्ध सञ्चालकबाट उप्रेती बाहिरिए, गुरागाई भित्रिए



ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हट्नु भएको छ ।
बैंकको सञ्चालक समितिको मंगलवार सम्पन्न बैठकबाट उहाँले प्रवन्धकीय जिम्मेवारीबाट विदा लिनु भएको हो ।
सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न वैठकले बैंकका सञ्चालक उप्रेतीलाई महाप्रवन्धकको समेत जिम्मेवारी बहन गर्ने गरी प्रवन्ध सञ्चालकको जिम्मेवारी दिएको थियो ।
सहकारी ऐन २०७४ को दफा ४१ (४) मा २ करोड भन्दा बढी कारोबार भएका सहकारी संघ संस्थाका सञ्चालकहरु कार्यकारी प्रमुख बन्न नपाइने व्यवस्था रहेको छ । सहकारी ऐनमा भएको व्यवस्थालाई मध्ये नजर गरी उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारी छोडेर सञ्चालकको जिम्मेवारीमा नरहनु भएको हो 
बैंकको विनियममा निर्वाचित सञ्चालकहरु मध्येबाट एक जना अध्यक्ष र एक जना प्रवन्ध सञ्चालक बनाउने व्यवस्था अनुसार पहिलो, दोस्रो र तेस्रो कार्यकालमा उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारी बहन गर्नु भएको थियो ।
बैंक स्थापनाकालदेखि नै बैंकको सञ्चालकमा निर्वाचित भई प्रवन्ध सञ्चालकको जिम्मेवारीमा रहेर बैंक सहित मुलुकको सहकारी अभियानमा उप्रेतीले पु¥याएको उच्च कदर गर्दै उहाँलाई वैठकबाट धन्यवाद ज्ञापन गर्दै प्रवन्ध सञ्चालकबाट विदाई गरिएको हो । 
स्थापनादेखि हालसम्म सहकारी बैंकको प्रवद्र्धनका साथै समग्र सहकारी अभियानलाई अवस्था ल्याउनका लागि उप्रेतीले खेलेको भूमिका अत्यन्तै सह्रानीय रहेको भन्दै अध्यक्ष रमेशप्रसाद पोखरेलले आगामी दिनमा समेत बैंक र सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि योगदान गर्न उप्रेतीलाई आग्रह गर्नु भयो ।
साथै वैठकले प्रवन्धक सञ्चालकले गर्दै आएको जिम्मेवारी बहन गर्नका लागि नायव महाप्रवन्धक बद्रीकुमार गुरागाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । विगत १७ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशिल चाटर्ड एकाउण्टेण्ट गुरागाई यस भन्दा पहिला पनि बैंकको नायव महाप्रवन्धकका रुपमा कार्यरत रहनु भएको थियो ।
वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका गुरागाई हाल नेपाल चाटर्ड एकाउण्टेण्ट संस्था अन्तरगतको गुणस्तर अनुगमन बोर्डका सदस्य समेत रहनु भएको छ ।
बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको वैठकले बैंकको १५ औं वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिको निर्वाचनका लागि इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग गर्ने निर्णय गरिएको बैंकका सञ्चालक एवं सूचना तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिनुभयो ।
बैंकको पछिल्लो विनियम अनुसार अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने गरी १५ जनाको सञ्चालक समिति र ३ जनाको लेखा समितिको व्यवस्था गरेको छ । ७ वटा प्रदेशबाट १÷१ जना, ३३ प्रतिशत महिला सहित १४ जना सञ्चालक रहने व्यवस्था रहेको छ । 
बैठकले साधारणसभाबाट बैंकको सञ्चालक समिति र लेखा समितिको निर्वाचन सम्पन्न गर्नका लागि बैंकका कानुनी सल्लाहकार रामचन्द्र सिंम्खडाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन उपसमिति चयन गरेको छ ।

प्रकाशित : ३ पुष २०७५, मंगलवार २१:१८