यस कारण रोकियो विराटनगरकाे आइसिटी एक्स्पो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

यस कारण रोकियो विराटनगरकाे आइसिटी एक्स्पो



काठमाडाै । मोरङको विराटनगरमा आगामी पुस ६ गतेदेखि १० गतेसम्म लिभिङ विथ आइसिटीले आयोजना गर्न लागेको पहिलो पटक आइसिटी एक्स्पो २०१८ जुँगाको लडाईका कारण स्थगित भएको छ । कम्युटर एसोसिएसन महासंघका (क्यान) मोरङ शाखाले आउँदो पुस १९ गतेदेखि २३ गते सम्म ५ देशस्तरीय क्यान इन्फोटेक २०१९ गर्ने भएपछि आइसिटी एक्स्पो स्थगित गर्नुपरेको आयोजकले जनाएको छ ।

दुई साताअघि नै पत्रकार सम्मेलन मार्फत एक्स्पो आयोजना गर्न लागेको लिभिङ विथ आइसिटीले तयारी समेत लगभग पुरा गरेको थियो । यसैबिच क्यान मोरङ शाखाले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी लिभिङ विथ आइसिटीको सहयोगमा क्यान ईन्फोटेक गर्ने जनाइसकेको छ ।

इन्फोटेक मेलामा आइसिटी कन्फरेन्स, सोसल मुभमेन्ट लगायतका कार्यक्रमहरु मार्फत आइसिटी क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको जानकारी, प्रशिक्षण पनि संचालन हुने क्यान मोरङ मोरङका सचिव सुमित कुमार साहले जानकारी दिएका छन । इन्फोटकमा १ सय २० वटा विभिन्न स्टल रहने र ४ लाख मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । ८० लाख खर्च हुने अनुमान गरिएको इन्फोटेकमा ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको क्यान मोरङले जनाएको छ ।

प्रकाशित : ५ मंसिर २०७५, बुधबार ११:५१