कफीको नयाँ मूल्य निर्धारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कफीको नयाँ मूल्य निर्धारण



काठमाडाै । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड भोलि मंसिर १ गते १४औं राष्ट्रिय कफी दिवस मनाउने भएको छ । ‘प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको बृहत् अभियानमा जुटौं’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।

बोर्डका अनुसार देशभरा ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन हुँदै आएको छ । गएको वर्षको तुलनामा यो करिब
१० प्रतिशतको वृद्धी हो । गत वर्ष ४६६ मेट्रिक टन कफी उत्पादन भएको थियो । हाल कफीको कुल रोपण क्षेत्र २६५० हेक्टर पुगेकोछ ।

त्यस्तै भन्सार विभागको तथ्यांकअनुसार ९ करोड ३७ लाख २५ हजार बराबरको ८४.२२ मेट्रिक टन कफी निर्यात हुँदा ६ करोड ५८ लाख ९१ हजार बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको छ ।

गत वर्षको तुलनामा कफीको आयात करिब ६४५ बढेको र निर्यात करिब ११५ ले घटेको छ । उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले नेपालमा उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको संकेत गर्छ ।

बोर्डले गरेको अध्ययन अनुसार नेपालभर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा जिल्लाका कफी सम्भावित क्षेत्रलाई सुपर जोनको रूपमा विकास गरी कफीमा व्यावसायिकता बढाउने प्रयास गरिएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड भोलि मंसिर १ गते लागू हुने गरी तोकेको कपीको मूल्य

फ्रेस चेरी कफी

ग्रेड A रू 8५।- प्रति केजी (अर्गानिक प्रमाणिकरण भएको)

ग्रेड B रू ८०।- प्रति केजी (अर्गानिक प्रमाणिकरण नभएको)

पार्चमेन्ट कफी

ग्रेड A रू ४२५।- प्रति केजी (अर्गानिक प्रमाणिकरण भएको)

ग्रेड B रू ४१०।- प्रति केजी (अर्गानिक प्रमाणिकरण नभएको)

ड्राइ चेरी
ग्रेड A रू १४०।- प्रति केजी

ग्रेड B रू 100।- प्रति केजी

ग्रेड C रू ४0।- प्रति केजी

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार १५:५८