मंसिर २० गतेदेखि मुक्तिनाथ म्युचुअल फन्ड १ निष्काशन हुने, कहिलेसम्म दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मंसिर २० गतेदेखि मुक्तिनाथ म्युचुअल फन्ड १ निष्काशन हुने, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले आगामी मंसिर २० गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको हो ।

मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरमा ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो ।

कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन हुने क्यापिटलले जनाएको छ ।

सो फन्डमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन छिटोमा मंसिर २४ गतेसम्म र ढिलोमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : १० मंसिर २०८१, सोमबार ११:०९