नेप्से सूचकाङ्क १२५६.५ विन्दुमा सीमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से सूचकाङ्क १२५६.५ विन्दुमा सीमित



काठमाडाै । नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा १७.९ प्रतिशतले ह्रास भई २०७५ भदौ मसान्तमा १२५६.५ विन्दुमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७४ भदौ मसान्तमा उक्त सूचकाङ्क १५.७ प्रतिशतले ह्रास भई १५३०.३ विन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने  नेप्से सूचकाङ्क १२१२.४ विन्दु कायम भएको थियो ।

धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा १५.७ प्रतिशतले ह्रास भई २०७५ भदौ मसान्तमा रु.१४९६ अर्ब ६४ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ भदौ मसान्तमा ११.४ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४९.८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अनुपात ६७.२ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८०.८ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.२ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ भदौ मसान्तमा १९६ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १९ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २१.२ प्रतिशतले वृद्धि भई २०७५ भदौं मसान्तमा रु.३५८ अर्ब १ करोड पुगेको छ । समीक्षा अवधिमा रु.१ अर्ब ३५ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ८५ करोड बराबरको हकप्रद शेयर, रु.४ अर्ब ८ करोड बराबरको बोनस शेयर गरी कुल रु.८ अर्ब २८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रकाशित : १३ कार्तिक २०७५, मंगलवार १४:५५