इन्टनरनेट बैंकिङ सेवा लिनु भएको छ ? यी हुन सुरक्षित प्रयोगका तरिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्टनरनेट बैंकिङ सेवा लिनु भएको छ ? यी हुन सुरक्षित प्रयोगका तरिका



इन्टनरनेट बैंकिङ भनेको के हो ?
इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्ट्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने ,स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस ९जस्तै मोबाइलको बिल तिर्ने जस्ता कार्यहरु इन्टरनेट बैकिङबाट प्राप्त हुने केही सुविधाहरु हुन् ।

ब्यालेन्स हेर्ने
खातामा पाएको ब्याज छुट्टै हेर्ने
स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने
नयाँ चेक बुकको अनुरोध गर्ने
हराएको चेक रोक्काको अनुरोध गर्ने
शाखालाई ग्राहकको सन्देश दिने
इन्टरनेट बैंकिङको खाता खुलेको कसरी थाह पाउने ?

खाता खुलेपछि ग्राहकले आफुले भरेको फर्ममा उपलब्ध गराएको इमेल ठेगानामा खाता खोलिएको सूचना पाउँछ । उक्त इमेलमा आफ्नो युजर नेम, पासवर्ड तथा संचालन सम्बन्धि अन्य प्रकृयाहरुको बारेमा सूचना प्राप्त हुन्छ ।
खाता खोली सकेपछि जान्नु पर्ने कुरा के के हुन् ?

इन्टरनेट बैंकिङको लिंकमा क्लिक गरेर इ-बैंकको लगिन पेजमा जाने
माथि ५ नम्बरमा उल्लेख गरिएको इमेल मार्फत प्राप्त गरेको युजर नेम र पासवर्ड त्यहाँको फिल्डमा इमेलबाट कपी पेष्ट गरी ओके गर्ने ।
पहिलो पटक पासवर्ड दिँदा इ-बैंकको Application ले पासवर्ड परिवर्तन गर्न माग गर्छ । यसरी नयाँ पासवर्ड राख्दा उक्त पासवर्ड नेपाल बैंकको पासवर्ड पोलिसि अनुसार हुनु पर्दछ ।
पाँच पटक सम्म युजरले गलत पासवर्ड राखेमा युजरको खाता स्वतः लक हुन्छ । यस्तो अवस्थामा फरी लगिन गर्न सकिदैन । यस्तो अवस्था आएमा युजरले आफ्नो शाखा मार्फत खाता अनुलकु को अनुरोध पठाउनु पर्दछ
इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्दा के के कुरामा सावधान हुनुपर्छ ?

आफ्नो युजर नेम र पासवर्ड अरु कसैलाई नभन्ने ।
सम्भव भए सम्म निजी कम्प्युटरबाट मात्र इ-बैंक सेवा उपभोग गर्ने ।
साइबर अथवा अन्य सार्वजनिक स्थानहरुको कम्प्युटरबाट यो सेवा उपभोग गर्दा पासवर्ड चोरी हुन सक्ने सम्भावना बढी भएकोले सावधानी अपनाउने ।
आफ्नो कार्य सकिएपछि Log out गर्ने ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार ११:३८