आइएमईबाट पैसा पठाउनुहोस २० लाख पुरस्कार जित्नुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमईबाट पैसा पठाउनुहोस २० लाख पुरस्कार जित्नुहोस्



काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राही माझ प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्त आईएमई गर्ने मध्येबाट एक जनालाई २० लाख रुपैयाँ बम्बर उपहार दिने घोषणा गरेको छ ।

त्यस्तै, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ प्रदान गरिने योजनामा उल्लेख छ । हरेक दिन १० जना भाग्यशाली सेवाग्राही छनौट गरिने र उनीहरुलाई ‘आइएमई पे’मार्फत प्रति व्यक्ति एक हजारको दरले १० हजार रुपैयाँको बिल भुक्तानी गरिने छ ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्दतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट गरिने छ । यस योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीलाई लक्ी ड्रमा सहभागी गराइने भएको छ ।

आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदार मूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यस पालीका पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो ।

‘लक्कीड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजनाअवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउन व्यवस्था गरिएको कम्पनीले जनाएको छ । विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टीगरिनेछ ।

आईएमईले १८१ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ ।

प्रकाशित : ६ आश्विन २०७५, शनिबार २१:०४