छिमेक लघुवित्तले ४० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

छिमेक लघुवित्तले ४० प्रतिशत लाभांश दिने



काठमाडाै । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले भदौ २८ गते बसेको संचालक समितिको बैठकबाट आव २०७४/७५ को मुनाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले १८ प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बोनस शेयर र २२ प्रतिशतले हुन आउने २२ करोड रुपैयाँ नगद लाभांश दिने निर्णय गरी स्वीकृतका लागि नेपाल राष्ट्र बैंक र आगामी साधारण सभामा लैजाने निर्णय गरेको हो ।

प्रकाशित : २९ भाद्र २०७५, शुक्रबार १२:३१