जनता बैंकद्धारा दार्चुलाको विद्यालयलाई कम्प्युटर हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जनता बैंकद्धारा दार्चुलाको विद्यालयलाई कम्प्युटर हस्तान्तरण



काठमाडौं । जनता बैंक नेपाल लिमिटेडद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ (चार) थान कम्प्युटर हस्तान्तरण गरिएको जनाएको छ ।

बैंकका दार्चुला शाखा प्रमुख प्रकाश दत्त भट्टले एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको उक्त विद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दुरीमा रहेको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक गीता कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने बिचार ब्यक्त गरेका थिए । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको छ ।

बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १६:५१